काभ्रेमा भएको टिपर दुर्घटनामा चालकको मृत्यु भएको छ । मण्डनदेउपुर नगरपालिका वडा नम्बर–२ ठकुरी गाउँमा निर्माणाधीन मिस्टिक माउन्टेन होटलको परिसरमा बालुवा झार्ने क्रममा ना.२ ख २४६४ नम्बरको टिपर दुर्घटनामा सोही स्थानका ३१ वर्षीय चालक विनोद घोरासैनीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । घटनाको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।