सानाठूला नेपाली चलचित्रमा तीन दशकदेखि खलपात्रको भूमिका निर्वाह गर्दै आएका कलाकार तेजा ऐरको निधन भएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० झलारीस्थित आफ्नै निवासमा ५६ वर्षको उमेरमा उनको निधन भएको हो ।
तेजाका भाइ डबलबहादुरले जानकारी दिएअनुसारकलाकार ऐर दुई वर्षदेखि पक्षघात र मिर्गौलासम्बन्धी समस्याबाट पीडित रहेका थिए ।
थारू भाषाको चलचित्र ‘मोर बस्ती’बाट अभिनय क्षेत्रमा प्रवेश गरेका ऐरले थारू, नेपाली र भोजपुरी भाषाका झण्डै एक सय चलचित्रमा खलनालयको भूमिका निर्वाह गरेका थिए ।
ऐरले सत्या, हिरासत, विजयपथ, विरासत, हिम्मतवाली, जय परशुराम, रामजाने, कमाण्डरलगायत चलचित्रमा अभियन गर्नुका साथै विभिन्न टेलिफिल्म र म्युजिक भिडियोमा समेत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।