कम्युनिष्ट आन्दोलनलाई २००६ सालको जस्तै एकीकृत बनाउँदैछौं : विप्लव

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालको कम्युनिष्ट आन्दोलनलाई २००६ सालको जस्तै एकीकृत बनाउने अभियानमा लागेको बताएको छ। ललितपुरमा समाजवादी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनका अनुसार, अहिले उनीहरु नेपालको समग्र कम्युनिष्ट आन्दोलनलाई २००६ सालको जस्तै एकीकृत बनाउने कोशिसमा रहेका छन्। माओवादीहरुलाई मात्रै नभइ समाजवादीलाई पनि एक ठाउँमा राखेर अघि बढ्ने छलफल अघि बढिरहेको उनको भनाइ छ।
उनले भने, ‘हामी नेपालको होल कम्युनिष्ट मुभमेण्टलाई २००६ सालमै फर्काउन सकिन्छ की सकिँदैन त ? भन्नेमा पनि सोचिरहेका छौं ।’ माओवादीहरु एक ठाउँमा ल्याउने कुरा मात्रै होइन, समाजवादीलाई, सिंगो नेपालको कम्युनिष्ट मुभमेण्टलाई नयाँ अवधारणामा रुपान्तरणसहित २००६ साल जस्तै लैजाने बारेमा पनि छलफल भइरहेको छ ।’
महासचिव चन्दले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ अवधारणामा रुपान्तरण गर्ने गरी अघि बढिरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *