काठमाडौ स्थित चन्द्रगिरिका एक युवकले आत्मदाहको प्रयास गरेका छन् । स्थानीय उत्तम कार्कीले आफ्नौ घरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका हुन् ।
गएराती १२ बजे फेसबुक लाइभमा आएर आफूले प्रहरी प्रशासनदेखि धेरै व्यक्तिले मानसिक तनाव दिएको उनले बताएका छन् । उनले नाम उल्लेख गर्दै स्थानीय एक युवतीले मानसिक तनाव दिएको आरोप लगाएका छन् । उनकै कारण आफू पक्राउ परेको, पारिवारिक सम्बन्ध बिग्रिएको बताएका छन् ।
उनलाई रातिनै प्रहरीले उद्दार गरि उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याई उपचार भईरहेको छ भने उनको हात र अनुहार जलेको छ भने बाकी भाग सामान्य रहेको बताइएको छ ।