उदयपुरमा निर्माणाधीन पक्की पुल चैते बाढीले भत्कियो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

उदयपुर, बिहीबार बिहानदेखि परेको अविरल वर्षाले उदयपुरको कटारी नगरपालिका–२ मा निर्माणाधीन पक्की पुलमा ठूलो क्षति पुर्‍याएको छ। अमाह खोलामा आएको बाढीले मिर्चैया–कटारी–घुर्मी सडकअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने ५० मिटर लामो पक्की पुलको बीच भाग भत्किएको हो।

पुल मुनि राखिएको ह्युमपाइप थुनिएपछि बाढीको दबाबले संरचनामा क्षति पुगेको जनाइएको छ। प्रिस्ट्रेस्ड प्रविधिमा निर्माण भइरहेको उक्त पुलमा लोड परीक्षणका लागि ढलानपछि कम्तीमा २८ दिन पर्खनुपर्ने भए पनि पुल निर्माण भएको २० दिनमै बाढी आएको थियो।

सेटिङमा प्रयोग गरिएका टेका बगाउँदा पुलको संरचना भत्किएको र अन्दाजी २ करोड रुपैयाँ बराबरको क्षति पुगेको निर्माण पक्षले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *