इलाम मरब क्याम्पस स्ववियु निर्वाचन: अनेरास्ववियु–नेविसंघ प्यानलको विजय

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 

अध्यक्षमा विशाल कार्की निर्वाचित

इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पस (मरब) मा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानल विजयी भएको छ।

अध्यक्ष पदमा अनेरास्ववियुका विशाल कार्की ५४५ मत ल्याएर निर्वाचित भए। उनका निकटतम् प्रतिद्वन्द्वी अखिल (क्रान्तिकारी)का शम्भू राई ले ३४७ मत प्राप्त गरे।

सचिव पदमा नेविसंघकी रेखा बेघा ६२१ मत ल्याएर विजयी भइन् भने उनका प्रतिस्पर्धी सविन चौहान ले २५८ मत प्राप्त गरे। कोषाध्यक्ष पदमा अनेरास्ववियुका सुनील शंकर ५९२ मत ल्याएर विजयी भए।

सात सदस्यीय पदमा कुशल राई (६०२ मत), निशा भट्टराई (५१३ मत), विप्लव एक्तेन (५२० मत), मंगेश राई (५१७ मत), बिना बस्नेत (४६६ मत) र सुरेन्द्र गुरुङ (३८६ मत) विजयी भए।

समानुपातिकतर्फको नतिजा:

नेविसंघ: ३३६ मत (३ सिट)

अनेरास्ववियु (एमालेनिकट): २७५ मत (३ सिट)

अखिल (क्रान्तिकारी): २०० मत (२ सिट)

अनेरास्ववियु (नेकपा एसनिकट): ७८ मत (१ सिट)

१५ मत बदर भएको थियो।

कुल १,५७४ मतदाता मध्ये ९०४ जनाले मतदान गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *