इलाममा ४ रोपनी अफिम खेती नष्ट, ५० केजी गाँजा बरामद

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

इलामको फाकफोकथुम गाउँपालिका वडा नं. ३ सल्लेरीमा अवैध रूपमा लगाइएको अफिम खेती इलाका प्रहरी कार्यालय मंगलबारे र प्रहरी चौकी आमचोकको संयुक्त टोलीले नष्ट गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले हिजो करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको अफिम खेती फडानी गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मानबहादुर राईले जानकारी दिए।

अफिम खेती कसले लगाएको भन्ने खुल्न सकेको छैन। प्रहरीले “अबको युद्ध दुर्व्यसनविरुद्ध” भन्ने नाराका साथ लागूऔषध रोकथाम तथा नियन्त्रण अभियान सञ्चालन गरिरहेको छ। सोही अभियानअन्तर्गत इलामका ग्रामीण क्षेत्रहरूमा सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन भइरहेको डीएसपी राईले बताए।

यसैबीच, गएराति करिब ९:२० बजे सुनसरी इनरुवा-९ जमुवा चोकमा, बलाहाबाट सत्तरझोडातर्फ जाँदै गरेको दुईवटा नम्बर नखुलेका मोटरसाइकलले गाँजा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ५० केजी गाँजा बरामद गरेको छ। प्रहरी टोलीलाई देख्नासाथ ती व्यक्तिहरू मोटरसाइकलसहित फरार भएका थिए। बरामद गरिएको गाँजा तीनवटा पोकामा रहेको प्रहरीले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *