इनारमा खसेका व्यक्तिको सकुशल उद्धा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

आज बिहान इनारमा खसेका एक व्यक्तिको सकुशल उद्धार गरिएको छ।

प्रहरीले कैलाली धनगढी उपमहानगरपालिका-८ क्याम्पस रोड घर भई काठमाडौं-१० शंखमुल बस्ने ४३ वर्षीय सतिस शाहको प्रहरीले सकुशल उद्धार गरेको हो।

विधापति मार्गस्थित घरको कम्पाउन्डको पछाडि भागमा रहेको ३० फिट गहिराइ भएको इनारभित्र उनी बिहान सवा ९ बजे खसेका थिए।

इनारको रेलिङ सफा गर्ने क्रममा ढकन फुटेर खसेका उनलाई प्रहरी वृत्त बानेश्वरको टोलीले उद्धार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

उनको अहिले मीनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। भने उनको टाउकोमा चोट लागेको प्रहरीले जानकारी दिएको  छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *