जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
णहाल देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहँदा बाँकी भूभागमा मौसम मुख्यतः सफा रहेको छ। दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतः सफा रहनेछ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात हुन सक्ने सम्भावना रहेको छ। कोशी, गण्डकी, र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना पनि रहेको छ।
यस्तै, रातिको समयमा कोशी, बागमती, र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै, कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।