हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने बागमती प्रदेशका केही स्थानहरू तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार सोमबार कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना रहेको छ।
यस परिस्थितिले कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा समेत प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।