केमिकलले पकाइएको आँप कसरी पहिचान गर्ने?

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

गर्मीको मौसम सुरु हुँदैनै बजारमा आँपको धमाधम आवतजावत हुन थाल्छ। आँपलाई “फलको राजा” भनिन्छ किनभने यो निकै स्वादिष्ट र पौष्टिक हुन्छ। मानिसहरूले यसलाई कच्चै, स्लाइस गरेर, जुस वा मिठाईको रूपमा खान मन पराउँछन्। तर, बजारमा केमिकलले पकाइएका आँपहरू पनि धेरै हुन्छन्, जुन स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। तर, केही सजिलो तरिकाबाट प्राकृतिक र केमिकलले पकाइएको आँप छुट्याउन सकिन्छ।

१. गन्धले पहिचान गर्ने

  • प्राकृतिक आँप: मीठो र फलफूलको सुगन्ध आउँछ।

  • केमिकल आँप: रासायनिक गन्ध (जस्तै कार्बाइड) आउँछ वा गन्ध नै हुँदैन।

२. छुनेर जाँच्ने

  • प्राकृतिक आँप: बलियो र समान रूपमा पाकेको हुन्छ।

  • केमिकल आँप: छाला नरम तर भित्र कच्चा हुन्छ; असमान पाकिएको देखिन्छ।

३. रंगबाट पहिचान गर्ने

  • प्राकृतिक आँप: हल्का हरियो, पहेंलो वा मिश्रित रंग हुन्छ।

  • केमिकल आँप: चम्किलो पहेँलो, तर भित्र हरियो वा कच्चा हुन्छ।

४. पानीमा डुबाएर जाँच्ने

  • प्राकृतिक आँप: पानीमा डुब्यो भने प्राकृतिक हो।

  • केमिकल आँप: पानीमा माथि तैरिने गर्छ।

५. दाग हेर्ने

केमिकलले पकाइएका आँपमा नीलो, कालो वा सेतो दाग देखिन सक्छ। यस्ता आँप स्वास्थ्यका लागि नराम्रो हुन्छन्।

यी तरिकाहरू प्रयोग गरेर तपाईँले केमिकलले पकाइएको आँपबाट टाढा रहन सक्नुहुन्छ र स्वस्थ र स्वादिष्ट आँप छनोट गर्न सक्नुहुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *