असन्तुष्ट वडा अध्यक्षले एमाले   परित्याग गरे, ‘नातावाद हावी भयो’ भन्दै आरोप

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 

सिरहामा शनिबार राति सम्पन्न नेकपा एमालेको ११ औं जिल्ला अधिवेशनपछि पार्टीभित्रको असन्तुष्टि सतहमा आएको छ। गोलबजार नगरपालिका–६ का वडाध्यक्ष तथा नगर प्रवक्ता संजीव लामाले अधिवेशनको भोलिपल्टै पार्टी परित्यागको घोषणा गरेका छन्।

आज बिहानै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लामाले एमाले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी त्यागेको जनाएका हुन्। उनले आफूले वडाध्यक्ष र नगर प्रवक्ताको पदसमेत एमालेको हैसियतमा त्यागेको प्रष्ट पारेका छन्।

यद्यपि स्टाटसमा पार्टी परित्यागको ठोस कारण खुलाइएको थिएन, तर पछिल्लो अधिवेशनमा देखिएको आन्तरिक असन्तुलन र नेतृत्वमा देखिएको एकाधिकारवादप्रति गम्भीर असन्तुष्टि रहेको जनाइएको छ।

लामाले भनेका छन्, “सिरहामा एमालेभित्र नातावाद हावी भएको देखिन्छ। पार्टीभित्र कनिष्ठ कार्यकर्तालाई प्राथमिकतामा राख्दै सिफारिस गरिएको छ। यस्तो प्रवृत्तिमा म कुनै नेताको दासानुदास बनेर बस्न सक्दिन।”

एमालेका मधेश प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठमाथि लक्षित गर्दै लामाले उनले कार्यकर्तामाथि दवाव सिर्जना गर्ने र हैकमवादी शैली अपनाएको आरोप पनि लगाएका छन्।

पार्टी परित्यागसँगै लामाले यो निर्णय कुनै हालतमा फिर्ता नहुने समेत स्पष्ट पारेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *