अर्घाखाँची बस दुर्घटना: चार जनाको मृत्यु, २७ घाइते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अर्घाखाँची जिल्लाको भुवनपाटामा बुधबार (१३ चैत) साँझ भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ । हालसम्म मृतक तीन जनाको मात्र सनाखत भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा रुपन्देहीको बुटवल उपमहानगरपालिका-८ बस्ने ५५ वर्षीया जमुना बस्याल, नवलपरासीको पश्चिम भुमही बस्ने ४५ वर्षीया उमा न्यौपाने, निजकी ६५ वर्षीया सासु (नाम नखुलेकी) र पश्चिम बर्दघाट बस्ने ४५ वर्षीय बसचालक मदनकुमार विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन् । उनका अनुसार बसचालक विकको उद्धार गरी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यसअघि १५ जना घाइतेको उद्धार गरिएकामा प्रहरीले घटनास्थलबाट थप १२ जनाको उद्धार गरेको जनाउँदै प्रहरी निरीक्षक पौडेलले घाइतेको सङ्ख्या २७ पुगेको जानकारी दिएका छन् । उनका अनुसार घाइतेमध्ये ६ जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ भने अन्यको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ ।

गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डमा सुपा मन्दिर दर्शन गरी नवलपरासीका लागि फर्कँदै गरेको लु २ ख ३०३ नं.को बस अचानक अनियन्त्रित भई शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक पौडेलका अनुसार घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।

 

4o

Leave a Reply

Your email address will not be published. Required fields are marked *