✍गोपाल गिरी
चोट के हो व्यथा के हो ´यो गीत नसुन्ने श्रोता कम नै होलान् तर यस गीतका गायकको जीवन भोगाइ बारे धेरैलाइ थाहा नहुन सक्छ अझ भन्नु पर्दा अरुण थापा स्वयं पनि अव त विस्मृतिमा नै हराइ सके होलान् ।
प्रेम ,वियोग,अभाव तिरस्कार सवै सवै झेल्न पुगेका अरुण थापा लाइ प्रत्येक साउनमा उनका गीत ,संगीत प्रेमीहरुले सम्झने गर्छन ।
अरुण थापाको गायन क्षमताको विषयमा स्वरसम्राट नारायणगोपालले पनि प्रंशसा गरेका छन ।थोरै गीत गाएर अरुण थापाका गीतहरु आज सम्म लोकप्रिय छन् । राम थापाको संगीत र राजेन्द्र रिजालको शव्द रहेको थापा द्घारा स्वरवद्द ऋतुहरुमा तिमी …. बोलको गीत बिबिसीकाे सर्वेक्षणमा सातौ नम्बरमा परेको थियो यस तथ्य बाट पनि अरुण थापाको प्रतिभा बारे आंकलन गर्न सकिन्छ ।
भारतको कलकतामा २००९सालमा जन्मिएका उनको स्कूल लेवल बाहेकका सम्पूर्ण शिक्षा दिक्षा नेपालमा भएको थियो । सानै देखि किशोरकुमार ,नारायणगोपाल लगायतको गीत गुन्गुनाउने गर्थे । उनका बाबु,भाइहरु पनि संगीत प्रेमी भएको कारण उनलाइ सांगीतिक क्षेत्रमा प्रवेश गर्न सहज भएको पनि बताइन्छ ।
राष्ट्रबैंकको जागिरको शिलशिलामा उनको बाबु सहित सपरिवार पोखरा पुगेपछि उनको संगीत यात्रा शुरु भएको र साहित्यकार सरुभक्त लगायतका साथीहरु सँग मिलेर बनेको पोखरेली युवा सास्कृतिक समूह का सस्थापक सदस्य समेत बनेे । त्यस पछि निरन्तर संगीतमा रमाउन पुगे । पृथ्वीनारायण क्याम्पसमा अध्ययन गर्दा ताका आयोजित एक कार्यक्रममा मोहम्मद रफीको गीत गाए पछि उनलाइ एउटी केटीले प्रेम प्रस्ताव राख्न पुगिन ति युवती थिइन बिमला पालिखे । अरुणले पनि उनको प्रस्ताव स्वीकारे र उनीहरु प्रेमशूत्रमा बाधिए तर वास्तवमा सहज प्रेम स्वीकारोक्ति नै उनको जीवनको लागि अभिशाप झै सावित भयो ।
परिवारको सहमती वेगर ने यो जोडीले भागेर विवाह त गरे तर अरुण मगर विमला नेवार जातमा कुरा नमिले पछि विमला पक्षका परिवारले त्यसलाइ मानेन यति सम्म भयो कि विमलाका वावुले अरुण लाइ मार्ने मान्छे नै लगाए । तर विमलाका दाजुले त्यसो हुन दिएनन् बरु पछि धूमधाम विवाह गरिदिने भनेर विमलालाई अरुण बाट छुटाइ घर लगेर विमलाको अन्तै विवाह गरिदिए । जसका कारण विक्षिप्त बनेका अरुण थापा कैले नशामा भूल्न थाले त कैले वौलाहा झै भएर भौतारिन थाले । विमलको याद मेटाउने वहानामा विस्तारै उनी कुलतमा फस्न पुगे । गीतहरु पनि जीवन भोगाइ सँग मिल्दो छानी छानी गाउन थाले । पछि फेरि उनको जीवनमा मुना केसी नामकी युवतीको आगमन भयो उनको आगमनले अरुणको पूरानो घाउमा मल्हम लाग्दै गयो । तर मुना सँग पनि कालान्तरमा खटपट पर्दै जान थाल्यो त्यतिन्जेल सम्म छोरी करुणाको जन्म भइसकेको थियो ।
अन्तत अरुणको मुना सँग सम्वन्धविच्छेद भयो र उनको पारिवारिक स्थिति तहसनहस भयो । उनका गीतहरु सुन्दा लाग्छ ती सबै गीतहरु उनकै लागि बनेको हो ।
वियोगका पलहरुलाई भुलाउन कुलतमा फस्न पुगेका अरुण लागु पदार्थ कै प्रकरणमा डेढ वर्ष लागि जेल जीवन समेत भोगे उनलाइ यो दलदलबाट निकाल्न कसैले चाहेन ।
अन्तत उनी लागू पदार्थकै सेवन कारण हेपाटाइटिस बि , कलेजोको रोग को शिकार भए । जीवनको उतरार्धमा अरुण गलिसकेका थिए उनले आफ्नो मृत्यु नजिक देखिरहेका थिए त्यसैले त उनले एउटा गीत रेकर्ड गराउने उद्देश्यले प्रकास सायमीसँग मलाइ १० दिनको आयु मागिदिनु भनेर याचना गरेका थिए ।
मृत्युको केहि दिन अघि देखि गेष्टहाउसमा बस्दै आएका उनको मृत्यु गेष्टहाउसकै साघुरो कोठामा ०५६ साल साउन ५ गते भएको थियो । उनको पार्थिव शरिरमा उनकै छोरी करुणा थापाले दागबती दिएकी थिइन ।
व्याक्तिगत जीवन जे जस्तो भएर विते पनि संगीतको क्षेत्रमा थापाको योग्दान को कदर हुन नसकेको उनको स्वरपारखीहरुले महसुुुस गरेका छन ।