गत चैत १५ गते तिनकुनेमा भएको हिंसात्मक आन्दोलनमा संलग्न थप एक जना पक्राउ परेका छन् ।
झापा जिल्ला अर्जुनधारा नगरपालिका ५ घर भई वर्ष ४८ ओमप्रकाश लुँइटेल पक्राउ परेको काठमाडौं जिल्ला परिसरका प्रवक्ता अपिल बोहराले बताएका छन् । उनी राजावादीको आन्दोलनमा आगजनी र तोडफोडमा संलग्न रहेको पाइएको छ ।
काठमाडौं जिल्ला अदालत बाट चार दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ । उनी ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ दुर्गा थापा नेतृत्वको आन्दोलनमा सहभागी थिए ।यो सँगै तीनकुने हिंसात्मक घटनामा पक्राउ पर्नेको सङ्ख्या ८३ पुग्यो । जसमा ८ जना हाजिरी जमानीमा छुटेका बताइएको छ।