पाकिस्तानको बमबारीमा नेपाली मुलका उच्च भारतीय अधिकारीको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

एजेन्सी। पाकिस्तानद्वारा  जम्मू–कश्मीरका राजौरी जिल्लामा    गरिएको गोलीबारीमा एक उच्च भारतीय अधिकारीको ज्यान गएको छ ।

घटनामा अतिरिक्त जिल्ला विकास आयुक्त राजकुमार थापाको ज्यान गएको अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी नेपाली मुलका भारतीय रहेको बताइएको छ ।

जम्मू–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले सामाजिक सञ्जाल एक्समार्फत यसबारे पुष्टि गरेका छन् । उनले भनेका छन्, ‘राजौरीबाट एक अत्यन्तै दुखद समाचार आएको छ । हामीले जम्मू–कश्मीर प्रशासन सेवाका एक समर्पित कर्मचारी गुमाएका छौं । हिजो मात्र उनी उपमुख्यमन्त्रीसँगै जिल्लाको भ्रमणमा थिए र मेरो अध्यक्षतामा भएको अनलाइन बैठकमा पनि सहभागी भएका थिए ।’

पाकिस्तानतर्फबाट गरिएको गोलीबारीमा थापाको घरलाई लक्षित गरिएको थियो । सोही हमलामा उनको निधन भएको हो । गोलाबारीबाट भएको थप क्षतिबारे खुलाइएको छैन । पाकिस्तानी आक्रमणको तत्काल तत्काल जवाफ दिइएको भारतीय सुरक्षा फौजले जनाएको छ ।

भारतले पहलगाममा भएको आतंककारी हमलामा एक नेपालीसहित २७ को मृत्यु भएपछि पाकिस्तानविरुद्ध ‘अपरेशन सिन्दूर’ नामको कारबाही सुरु गरेको थियो । भारतको प्रतिकार गर्न पाकिस्तानले बुनयान–उल–मरसूसनामको जवाफी कारबाही शुरु गरेको छ ।पाकिस्तानले भारतीय हवाई सेनाको अड्डाहरु र मिसाइल भण्डारण क्षेत्रलाई लक्षित गरि आक्रमण तीव्र बनाएको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *