अण्डाको मूल्य बढाउने कुखुरापालक सङ्घको निर्णय

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको मूल्य बढाउने निर्णय गरेको छ ।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आजदेखि लागू हुनेगरी ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) चार सय ३०, मध्यमको तीन सय ८० र ‘एक्सएल’ को चार सय ५० रुपैयाँ कायम गरिएको छ ।

अघिल्लो वर्ष ठूलो अण्डाको मूल्य प्रतिक्रेटको पाँच सय २५ रुपैयाँसम्म पुगेको थियो तर पछि घटेर तीन सय ५० रुपैयाँमा झरेको थियो । मूल्य बढ्दा किसानलाई केही राहत मिल्ने अध्यक्ष पोखरेल बताउनुहुन्छ ।

नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा पर्न आउँछ । उहाँका अनुसार गर्मीमा उत्पादन कम हुनु र बजारमा माग बढ्नुले अण्डाको मूल्य बढाउनुपरेको हो ।

सङ्घका सचिव मदन पोखरेलका अनुसार अण्डा उत्पादन गर्ने कुखुरा घटेको र माग बढेको छ । अहिले दैनिक झन्डै ३० लाख गोटा अण्डा उत्पादन हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *