✍ लिलाबहादुर लिम्बू । फाकफोकथुम
फाकफोकथुम गाउँपालिका द्वरा निर्माण गरिएको गौरवको योजना फाकफोक खोला वेलिवृज आज बाट विधिवत रुपमा उद्घाटन गरि सन्चालनमा ल्याईएको छ । सो वेलीवृजको साउने संक्रान्ति पर्वको अवसर पारेर आयोजना गरिएको विशेष समारोहका वीच कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री राम रानाको आज उद्घाटन गरेका हुन् ।
उनले विकास पुर्वाधारमा सधै फाकफोकथुमको लागि धेरै योजना बजेट निर्धारण गरेर, फाकफोकफोक थुमले धार्मिक क्षेत्रमा सन्त ज्ञानदिल दास आम्चोकमा जन्मेको र पालिकाको केन्द्र पनि आम्चोक नै भएकोले सन्त ज्ञानदिल जन्म भुमि विकास पर्वध्रनमा लाग्न अनुरोध गरे ।

सन्त ज्ञानदिलदास सँग तात्कालिक राजा महाराज हरुले प्रतक्ष्य सामाजिक नेतृत्व तथा आशिर्वाद लिएको समेत तथ्यांक भेटिएको कुरा सुनाए । फाक , फोक र थुुम भन्ने शब्द लाई नै आधार मानेर राष्ट्रिय पुनरसंरचना बनाउदा यो क्षेत्रको नामाङकन त्यसैको आधारमा हामीले सिफारिस गरिएको हो भनी उनले जानकारी दिए । शिक्षा स्वास्थ्य र सिचाइ साँस्कृतिक धार्मिक सबै तरिकाबाट अब अगाडि बडेर विकास गर्ने जिम्मेवारी लगायत यहाँको स्थानीय सबै जनप्रतिनिधि हरुको रहेको कुरामा जोड दिदैं पुल लाई संरक्षण गर्न दिगोपनको प्रत्याभूति दिएर समाज सेवा को कर्तव्य निभाउन स्थानीय सरकार र आम नागरिक हरुलाई आग्रह गरे।
उद्घाटन समारोहका अध्यक्ष तथा गाउपालिका अध्यक्ष श्री दिपेन्द्र खनालले आफुले नागरिक सँग गरेको प्रतिवद्वता लाई पुणता गर्ने एउटा कार्य सफल भएको बताउदै अरु थुप्रै कार्यहरु पालिका भित्र सन्चालनमा रहेको बताए ।
कार्यक्रममा उपाध्यक्ष कल्पना राई स्वागत मन्तव्यमा राखेकी थिइन् भने
समारोहमा विभिन्न राजनैतिक दलका प्रतिनिधी , समाजसेवी तथा स्थानीयको बाक्लो उपस्तिथी रहेको थियो । उक्त वेलि वृज लाइ सेतो पुल भनी नामङकन गरिएको वडा ३ का वडादक्ष्य दिपेन्द्र लिम्बुले बताए ।
।।