आजको नेपाली पञ्चाङ्ग
२०८२ वैशाख ३१, बुधबार
इ.सं.: 2025 मे 14 (Wednesday)
सूर्योदय: बिहान ५:१८ बजे
सूर्यास्त: बेलुका ६:४४ बजे
तिथि: द्वितीया २५:०१ सम्म, त्यसपछि तृतीया
पक्ष: कृष्णपक्ष (जेष्ठ)
नक्षत्र: अनुराधा १०:५६ सम्म, त्यसपछि ज्येष्ठा
योग: परिघ ०६:०८ सम्म, त्यसपछि शिव
करण: तैतिल १२:१८ सम्म, त्यसपछि गर
चन्द्रराशि: वृश्चिक
ऋतु: वसन्त
अयन: उत्तरायण
—
दैनिक राशिफल – २०८२ वैशाख ३१
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पारिवारिक जिम्मेवारी बढ्न सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्। काममा अवरोध आउने सम्भावना छ। विद्यार्थीले बढी मेहनत गर्नुपर्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पछिल्लो समय रोकिएका कार्यहरू बन्ने सम्भावना छ। आर्थिक पक्ष सुदृढ हुने देखिन्छ। वैवाहिक सम्बन्धमा समझदारी बढ्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आत्मबल बढ्नेछ। प्रतिस्पर्धीहरू परास्त हुनेछन्। पारिवारिक सम्बन्धमा मिठास रहनेछ। सरकारी कार्यमा सफलता मिल्ने संकेत छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारसँग समय बिताउन पाइनेछ। स्वास्थ्य सन्तोषजनक रहनेछ। साना व्यवसाय वा कामबाट लाभ मिल्ने सम्भावना छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्यमा समस्या देखिन सक्छ। कार्यक्षेत्रमा अल्झन आउन सक्छ। साथीभाइको साथ कमजोर हुन सक्छ। पढाइप्रति रुचि घट्न सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नातागोता वा आफन्तको सहयोग प्राप्त हुनेछ। आम्दानीमा वृद्धि हुनेछ। पारिवारिक सम्बन्ध सशक्त बन्नेछ। यात्रा सुखद हुनसक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
हतारमा निर्णय नगर्नु उपयुक्त हुनेछ। खर्च बढ्न सक्छ। अध्ययनमा ध्यान पुर्याएमा राम्रो नतिजा मिल्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आम्दानी बढ्नेछ। रोकिएको पैसा फिर्ता आउने सम्भावना छ। परिश्रमको मूल्याङ्कन हुनेछ। स्वादिलो भोजनको अवसर मिल्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खर्चमा वृद्धि हुन सक्छ। व्यापारमा लगानीको आवश्यकता पर्न सक्छ। जागिरमा चुनौती आउन सक्छ, स्वास्थ्यमा ख्याल राख्नुहोस्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आर्थिक क्रियाकलाप सहज हुनेछन्। अग्रजहरूको साथ पाइनेछ। प्रेम सम्बन्धमा मधुरता रहनेछ। पढाइमा सफलता मिल्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ योजना वा काम सुरु गर्न अनुकूल समय छ। कार्यक्षेत्रमा सहजता देखिनेछ। आर्थिक स्थिति सुदृढ बन्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
घरपरिवारमा सन्तोषजनक वातावरण रहनेछ। अध्ययन र प्रतिस्पर्धामा सुधार आउनेछ। कानुनी वा प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता मिल्ने संकेत छ।